काठमाडौं,बैशाख ९ । यही वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा नरोकिने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले नरोक्ने निर्णय गरेको हो।
परीक्षा नरोकिने र निर्धारित मितिमै हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्।
शिक्षक आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण परीक्षाबारे उत्पन्न शंकाकाबीच बोर्डले नरोक्ने निर्णय गरेको हो।
प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार