२०८३ असार २८ गते आइतवार

दाङ–काठमाडौं रुटमा मयुर एसी बसको सुभारम्भ


तुलसीपुर,चैत २५। तुलसीपुर यातायात प्रालिले आफ्नो सेवालाई थप गर्दै लगेको छ । प्रालिले हालै ३ वटा मयुर एसी बस सञ्चालन गरेको छ ।

तुलसीपुर यातायात प्रालिले आइतवारदेखि सुविधा सम्पन्न मयुर एसीबस दाङ– काठमाण्डौ रुटमा थप गरि सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिएका छन् ।

यसअघि तुलसीपुर कुइनएसी बस, गोल्डेन एसीवस सञ्चालन गरेको प्रालिले दाङ–काडमाण्डौ रुटमा थप मयुर एसीवस सञ्चालन गरेको हो ।

एसीवसहरु दाङ काठमाण्डौ सध्याकालिन र दिवाकालिन सञ्चालन भई रहेका छन् । अध्यक्ष बुढाथोकीले समयको माग अनुसार यात्रुहरुको चाहना र आरामदायी यात्राका लागि दिन प्रतिदिन सुविधा सम्पन्न यातायातका साधनहरुबाट सेवाहरु थप गदै नेपालका विभिन्न रुट र छिमेकी देश भारतमा सेवा सञ्चालन गरेको जानकारी दिएका छन् ।


‘हामीहरूले नेपालका विभिन्न सहर तथा भारतका विभिन्न स्थानमा यात्रुहरुको मागलाई मध्यनजर गदै सुविधा सम्पन बसहरु सञ्चालन गरेका छौ’, अध्यक्ष बुढाथोकीले भने । उनले अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी गरेको बताए ।

त्यसै विच नयाँ मयुर एसीवसको उद्घाटन प्रालिका अध्यक्ष बुढाथोकी, सल्लाहकार शिव पुरी र व्यवसायी जनप्रसाद खरालले संयूक्त रुपमा गरेका थिए ।

बसको उद्घाटन गदै व्यवसायी खरालले पछिल्लो समयमा युवाहरु पलाइन भई रहेको समयमा स्वदेशमै केहि गर्नुपर्छ भनेर बसमा लगानी लगायको भन्दै सवैले स्वदेशमै स्वरोजगार सृजना गर्न युवालाई प्रोत्साहन गर्नु पर्ने बताएका थिए ।

त्यस्तै प्रालिका अध्यक्ष बुढाथोकीले यात्रुमैत्री वातावरण निर्माण गरि यात्रुहरुलाई सुरक्षित,आरामदायी यात्रा गराउन सवै व्यवसायीलाई आग्रह गरे ।

उनले समिति र आफ्नो छवी उच्च हुने गरि समितिमा आवद्ध व्यवसायीलाई सेवा दिन पनि निर्देशन दिएका थिए ।

कार्यक्रममा समितिका पदाधिकारी निमकुमार श्रेष्ठ, भद्रबहादुर खड्का, कार्यालय प्रमुख विमल गुप्ता, काठमाण्डौ काउन्टर इन्चार्ज राजन योगी लगायतले शुभकमना व्यक्तगरेका थिए ।

सुभारम्भ २०५६ सालमा स्थापित रुमान्तरीत तुलसीपुर यातायात प्रा.लि.ले काठमाडौं, लगायत पूर्व मेचिदेखि पश्चिम महाकालि हुदै देशका ठुला शहर र छिमेकी जिल्ला तथा नगरपालिका गाउँपालिकामाभित्र सवै स्थानमा सेवा प्रदान गदै आएको प्रालीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *