तुलसीपुर , असोज १८ । दाङको लमहीमा भैंसी चराउन गएका एक ब्यक्ति चार दिनदेखि सम्पर्क बिहिन छन् । उनको अवस्था हालसम्म अज्ञात छ ।
मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका – ४ का ६० बर्षीय खुसीराम चौधरी बेलुकी घर फर्किएका थिएनन् । तर, भैंसी मात्रै बेलुकी घर फर्किएका थिए ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार बीचमा खोला पर्ने हुँदा खोला तर्ने क्रममा उनी बगेको आशंका गरिएको बताए ।
खोलाले बगाएको निश्चित रहेको भएपनि खोजी कार्य जारी रहेको र अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस :- भैंसी घर फर्किए तर, मालिक फर्किएनन्
प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
