तुलसीपुर,मंसिर २९ । तुलसीपुर–३ दमारगाँउमा रहेको युनाइटेड एकाडेमी दाङ प्रालिमा लागु औषध दुव्र्यशनी बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लाईन्स क्लव अफ दाङ प्रोग्रेसिभ र ईलाका प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा औषध दुव्र्यशनी बिरुद्ध सचेतना कार्यक्रम भएको हो ।
लायन्स क्लब अफ दाङ प्रोग्रेसिभका अध्यक्ष कुलदिप गौतमको अध्यक्षता तथा लायन्स क्लव डिष्ट्रिक ३२५ एनका फस्ट भ्वाइस गर्भनर बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम भएको हो ।
त्यस अवसरमा लाईन्स क्लव अफ दाङ प्रोग्रेसिभका उपाध्यक्ष हरिप्रसाद भण्डारी,लागु औषध दुव्र्यशनी सचेतना कार्यक्रमका प्रशिक्षक असई भरतनाथ योगी,सहजकर्ता अन्जु गुरूङ,लाईन्स क्लव अफ दाङका सचिव चन्दा श्रेष्ठ लगाएतले विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन ? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ ? लगायतका बिषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रम सहजीकरण पारिजात बोडिङ स्कुलका प्रिन्सीपल रोमहर्ष शर्माले गरेका थिए ।