२०८१ फाल्गुन ६ गते मङ्गलवार

भैंसीसित मोटरसाइकल ठोक्किँदा एकजना एकको मृत्यु

झापा,कात्तिक ३० । झापामा भैंसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका-३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ।

तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैंसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी-४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *