धादिङ,कात्तिक २६ । धादिङमा भूकम्प गएको छ।
गएराति ११ ः २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी-५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए।
धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।
प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार