२०८० मङ्सिर १६ गते शनिवार

ट्रकको ठक्करबाट युवकको मृत्यु

नेपालगन्ज ,कात्तिक २३ । कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

कोहलपुरस्थित कृषि चोकमा बुधबार साँझ ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाडौं जाँदै गरेको ००१ ख २४३२ नम्बरको मालबाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो ।

उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *