२०८२ बैशाख ११ गते बुधवार

टिपर दुर्घटना हुँदा पाल्पा एकको मृत्यु

पाल्पा ,कात्तिक २२ । पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आलेले टिपरबाट हाम फाल्दा सोही टिपरको टायरेले किच्दा घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निस्दी गाउँपालिका ७ ज्यामिरे मोटेखर्कस्थित ज्यामिरेदेखि नवलपुर सर्दितर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा निस्दी गाउँपालिका ७ ज्यामिरे बस्ने २५ वर्षीया हिमाली आले, टिपर चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा ९ बस्ने आशिष सुनार रहेका छन ।

घाइतेहरूको उपचारका लागि नवलपुर पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *