२०८१ चैत्र १४ गते बिहिवार

नागरिक उड्डयन प्राधिकरणद्वारा भूकम्पपीडितका लागि एक करोड रूपैयाँ प्रदान

काठमाडौँ,कात्तिक २२ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको एक करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारी लगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी एक सय ५३ जनाको मृत्यु भएको छभने दुई सय ५० भन्दा बढी घाइते भएका छन्।

घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी रहेको छ।

प्रकाशित मिति : २०८० कार्तिक २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *