जुम्ला ,कात्तिक १९ । जुम्लामा बिरामी बोकेको अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेको अटो बड्की गाउँमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका नन्द रोकायाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार