२०८० मङ्सिर २१ गते बिहिवार

भारतमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

काठमाडौँ,कात्तिक १८ । भारतमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका–७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने–७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले जानकारी दिए ।

मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।

मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए ।

चौकुने घरमा बुढा बुबाआमा मात्रै रहेको जनाइएको छ । बाबुआमा मात्रै रहेको र बाँकी सबै परिवार रोजगारीका लागि भारतमै रहेको धमलाले बताए ।

घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *