कपिलवस्तु,कात्तिक १५ । श्रीमतीको हत्या आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका- ८ बरकुलका २६ वर्षका विनयकुमार चमार पक्राउ परेका छन् ।
श्रीमती सन्ध्या चमारको हत्या आरोपमा उनी पक्राउ परेका हुन् ।
मालाले घाँटी कसेर श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी गंगाबहादुर थापाले बताए ।
प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार