२०८१ फाल्गुन ६ गते मङ्गलवार

दुबईबाट तस्करी गरी ल्याइएको सुन विमानस्थलमा लुटपाट गर्ने तिन जना पक्राउ

काठमाडौँ ,कात्तिक १४ । दुबईबाट तस्करी गरी ल्याइएको सुन लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरूलाई सिनामंगलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३० वर्षीय मनोज थापा, ३२ वर्षीय अर्जुन थापा र ३० वर्षीय शेखर भट्टराई रहेका छन्। सिनामंगलका नजिर अन्सारीसँग रहेको सुनका गरगहना तथा नगद लुटपाट गरी बा २ज २१८० नम्बरको ट्याक्सीमा लुटेर लगेको सूचना पाएपछि प्रहरीले खोजीकार्य गरेको थियो।

नजिर अन्सारीबाट लुटिएको सुन दुबईबाट ल्याइएको तस्करी सुन रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। तस्करी गरेर ल्याइए उक्त सुन गत आइतबार लुटिएको थियो।

प्रहरीले २४ घन्टाभित्रै उक्त सुन लुटेराहरूलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *