२०८१ असोज २४ गते बिहिवार

द्वन्द्वलाई साम्य पारेर नेपाल शान्तितर्फ उन्मुख भयो ः महासचिव गुटेरेस

काठमाडौँ ,कात्तिक १४ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको विगत तीस वर्षको यात्रा हेर्नलायक र अद्भुत रहेको बताएका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि नेपालले आफ्नो मार्ग आफैं बनाएको टिप्पणी गरे।

‘दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैले बनाउनुभएको छ। विगत बीस वर्षको तपाईहरूंको यात्रा हेर्नलायकको छ, अद्भुत छ,’ उनले सम्बोधनको क्रममा भने।’

उनले नयाँ संविधानसहितको नयाँ गणतन्त्र केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र रहेको पनि बताएका छ्न।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *