२०८० मङ्सिर १६ गते शनिवार

भरूवा बन्दुकसहित एक जना पक्राउ

अर्घाखाँची, कात्तिक १३ । भुमिकास्थान नगरपालिका-९ निनुखर्क बस्ने २६ वर्षीय बिष्णु कुँवरलाई एकनाले भरूवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिष्णु कुँवरले आफ्नै वुवालाई घरमा राखेको बन्दुक देखाई काट्छु मार्छु भनेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी धन्चौरबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *