तुलसीपुर, कात्तिक १० । तुलसीपुरमा राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ जिल्ला कार्यसमितिको प्रथम अधिबेसन तथा भेला सम्पन भएकाे छ ।
राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनी प्रदेश कमिटीको आयोजनामा लुम्विनी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष दोर्ण वहादुर वलीको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्य मंत्री शंकर पोखरेलकाे प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा डाक्टर पुस्पराज रिजालको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
जसकाे उपाध्यक्ष डा सुदेश जंग थापा,
सचिव डा शिशिर पोख्रेल,
कोषाध्यक्ष डा चुडामनी न्याैपाने
सहसचिव डा प्रकाश साहु
सहकोषाध्यक्ष डा सन्दिप न्यौपाने
सदस्यहरुमा डा रीम खड्का, डा हेमन्त खड्का, डा जनक गुरुङ, डा विकास न्यौपाने, डा श्रीधर खनाल, डा वसन्त चौधरी, डा निराजन गौतम , डा कमल खड्का, डा एलिजा कार्की लगायत सल्लाहकार समिति संयोजकमा डा वसन्त रेग्मी, सदस्यहरूमा डा उमाकान्त तिवारी, डा हेमराज शर्मा, डा मदन वि सी, डा देव राज केसीलाई सर्बसम्मत रूपमा चयन गरिएको छ।
उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्य मंत्री शंकर पोखरेलले जनताको स्वास्थ्यको रक्षाको लागि रातदिन खट्न तयार रहन र समुदायस्तरसम्म स्वास्थ्यको पहुँच स्थापना गरि गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे ।
उनले अहिलेको सरकारले नेकपा एमालेको सरकारको पालामा स्थापना भएका अस्पतालहरु बन्द गर्न लागि परेको र जनताको मौलिक हकलाई कुण्ठित गर्न खोजी रहेकाले आम चिकित्सक,स्वास्थयकर्मीहरु लगायत आमजनता चनाखो भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा बिषेश अतिथी नेकपा एमाले केन्द्रिय कमिटी पोलिटब्यूरो सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख सुजिता शाक्यले चिकित्सक तथा स्वास्थ्कर्मीहरुले कोभिडको महामारीमा आफ्नो ज्यानलाई जोखिममा पारेर सेवा प्रदान गरेकोमा प्रसंशा गरिन ।
उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी दाङ जिल्ला अध्यक्ष हुकुम वहादुर वस्नेत, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल निर्वाचन आयोग अध्यक्ष मदन कुमार ओलीले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
डा.पुस्पराज रिजालले आफ्नो स्थापना कालमा संघलाई जनताको लागि समर्पित गर्नेगरी अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यस अबसरमा नेकपा एमाले केन्द्रिय कमिटी पोलिटब्युरो सदस्य नरुलाल चौधरी, केन्द्रिय सदस्य घनश्याम पाण्डे, नगर प्रमुख टिका राम खड्का, लुम्विनी प्रदेश कमिटिका पदाधिकारीहरु, जिल्ला कमिटी पदाधिकारिहरु, नगर कमिटी पदाधिकारिहरु, राष्ट्रिय स्वस्थ्य कर्मी महासंघ नेपाल दाङका पदाधिकारिहरू , राष्ट्रिय युवा संघ नेपाल दाङका पदाधिकारिहरु,राष्ट्रिय स्वास्थ्य प्राविधिक संघका पदाधिकारि, पत्रकार , स्वास्थ्कर्मी लगाएतको सहभागीता थियो ।
राष्ट्रिय स्वास्थ्कर्मी महासङ्घ नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश कमिटि सह- इन्चार्ज गोपीलाल वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासंघका केन्द्रिय निर्वाचन आयोग सचिव विमल केसीले गरेका थिए ।