पोखरा ,कात्तिक १०। कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार विहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् ।
उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ ।
‘घाँस काट्न जाँदा लड्नुभएको भन्ने खबर छ । अवस्था खुलेको छैन,’ कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने, ‘उपचार भइरहेको छ ।’
घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
कलाकार घिमिरेको स्वास्थ्योपचारका लागि कुनै कसर बाँकी नराख्न पोखराका मेयर धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार