२०८१ पुष २९ गते सोमवार

दुर्गा भवानीको मूर्ति विधिवतरुपमा विसर्जन

बाँके,कात्तिक ९ । नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भवानीको मूर्तिको विधिवतरुपमा विसर्जन गरिएको छ ।

नेपालगन्जसहित बाँकेका विभिन्न स्थानमा घटस्थापनको दिमा स्थापना गरिएको ७ सय बढी भवानीको मूर्ति बाँकेका सिधनिया, अगैया, मानखोलालगायतका घाटमा लगेर विसर्जन गरिएको हो ।

१० दिनसम्म पूजाआजा गरी नेपालगन्जमा राखिएको मूर्तिलाई नगरको विभिन्न भागको परिक्रमा गराई राप्ती नदीमा विसर्जन गरिएको हो ।

मूर्ति विसर्जनलाई मर्यादित र शान्तिपूर्ण बनाउन बाँके प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको थियो ।

कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कता अप्नाइएको र सबै बाँकेबासीले संयमता र सदभाव प्रदर्शन गरेकाले शान्तिपूर्णरुपमा मूर्ति विसर्जन कार्य सम्पन्न भएको बाँके प्रहरीले जनाएको छ ।

मूर्ति विसर्जनका क्रममा आयोजना गरिएका र्यालीमा अपराधिक ब्यक्तिको घुसपैठ हुन नदिन प्रहरीले नगरका विभिन्न भागमा ड्रोनमार्फत निगरानी गरेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *