२०८० मङ्सिर १७ गते आइतवार

एनआरएनए महाधिवेशन प्रक्रिया स्थगित

काठमाडौं,कात्तिक ५ । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशन प्रक्रिया स्थगित भएको छ। महाधिवेशनमा भएको निर्वाचनको परिणामलाई लिएर विवाद भएपछि बाँकी प्रक्रिया स्थगित भएको हो।

महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। अधिकांश उम्मेदवार उनकै समूहबाट निर्वाचित भएका छन्।

सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित भएका छन्। पराजित उम्मेदवारको एक समूह निर्वाचनमा धाँधली भएको भन्दै प्रधानमन्त्रीलाई गुनासो गर्न पुगेको थियो।


विवादपछि बाँकी प्रक्रिया स्थगित गरिएको हो।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *