२०८० मङ्सिर २२ गते शुक्रवार

मोरुको ‘दशैँमा, १० गुणा बोनस’ अफर

काठमाडौं,कात्तिक २ । डिजिटल वालेट मोरूले बडा दशैंको अवसरमा ‘दशैँमा, १० गुणा बोनस’ अफर ल्याएको छ । दशैंको अवसरमा मोरुले ग्राहकका लागि अद्भुत अफर ल्याएको हो । मोरुका प्रयोगकर्तालाई अफरले दशैंलाई विशेष बनाउने कम्पनीको भनाइ छ ।

आफ्ना प्रियजनलाई अब दशैंको उपहार स्वरुप टप–अप गरी मोरूकोतर्फबाट १० गुणा बोनस जित्ने मौका पाइने बताइएको छ।

यसमा सहभागी हुनको लागि मोरु एप डाउनलोड गर्नुपर्ने बताइएको छ। यसमा रजिस्टर हुनको लागि केवाईसी भर्ने र त्यसमा १०० रुपैयाँभन्दा बढी रकम टपअप गरी १० गुणा बोनस रू. १००० जित्न सकिने बताइएको छ।

कम्पनीका अनुसार जति धेरै कारोबार गर्यो, त्यति नै धेरै उपहार जित्न सकिने कम्पनीको भनाइ छ । यो अफर असोज १४ देखि कात्तिक १५ गतेसम्म १०० रुपैयाँभन्दा माथिका सबै टप–अपहरूमा मान्य हुने बताइएको छ।

अफरअन्तर्गत १० जना भाग्यशाली विजेतालाई १० गुणा बोनसका लागि छनोट गरिने र ३ प्रतिशत अतिरिक्त बोनस पाइने कम्पनीले जानकारी दिएको छ। १० जना विजेतामध्ये ६ जना विजेता असोज १४ पछि दर्ता भएका प्रयोगकर्ताबाट छनोट गरिने मोरुले जानकारी दिएको छ।

पुरस्कारको लागि कात्तिक १५ अगावै केवाईसी पेश गर्नुपर्ने बताइएकोे छ। विजेता घोषणा कात्तिक १७ गते फेसबुकमार्फत गरिने कम्पनीको भनाइ छ।

यसका अतिरिक्त निःशुल्क बैंक ट्रान्सफर, टपअफमा ३ प्रतिशत बोनस, टीभी रिचार्जमा ३ प्रतिशत बोेनस, डाटा भ्वाइस प्याकमा २ प्रतिशत बोनस, आईएसपी भुक्तानीमा ५०० रुपैयाँसम्म बोनस, फ्लाइट बुकिङमा ५०० रुपैयाँसम्म बोनस लगायतका सुविधा पाइने बताइएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *