२०८० मङ्सिर २३ गते शनिवार

बझाङ केन्द्रविन्दु बनाएर भूकम्प


बझाङ ,कात्तिक २ । बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको भुकम्प गएको हो।

भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जिल्ला बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महशुस गरिएको छ।

लगातार भूकम्प जान थालेपछि यो प्रदेशका बासिन्दा त्रसित बनेका छन्।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *