२०८१ माघ २६ गते शनिवार

गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु,पहिलो नागरिकता आचार्यलाई

काठमाडौँ ,असोज ३० । गैरआवासीय नेपाली नागरिकता वितरण कार्य सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा नागरिकता वितरणको शुभारम्भ गर्दै पहिलो गैरआवासीय नागरिकता एनआरएनए अध्यक्ष कुल आचार्यलाई प्रदान गरे ।

जिल्ला प्रशासन कार्यालय पर्वतले यही असोज २८ गते अध्यक्ष आचार्यका नाममा र जिल्ला प्रशासन कार्यालय काठमाडौँले यही असोज २९ गते कार्यकारी अध्यक्ष बद्रि केसी नागरिकता जारी गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताए । एनआरएनएसँग सम्बन्धित थुप्रै सवालहरूलाई सरकारले नीति तथा कार्यक्रम र बजेटबाट सम्बोधन गरेको उनको दाबी थियो ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *