२०८० मङ्सिर २२ गते शुक्रवार

बुटवल उबासंघको अध्यक्षमा अर्याल निर्वाचित

बुटवल, असोज २३ । रुपन्देहीको पुरानो व्यवसायीक संस्था र निकै चासोका साथ हेरिएको बुटवल उद्योग बाणिज्य संघको २५ औं अधिबेशनको निर्वाचन अन्तर्गत मतगणना सम्पन्न भएको छ ।

मत परिणाम अनुसार अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन । निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन ।

मङ्गलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछाडी पार्दै हरि प्रसाद अर्याल विजयी भए । अर्याल ७७६ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी श्रेष्ठले ६८९ मत प्राप्त गरे ।

९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे वाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् ।

एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *