२०८१ फाल्गुन २ गते शुक्रवार

निर्धक्क रूपमा व्यवसाय गर्ने वातावरण रहन्छ : प्रजिअ सुवेदी

दाङ,असाेज २३ । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले व्यवसायीहरूले निर्धक्कसँग व्यवसाय सञ्चालन गर्ने वातावरण रहने बताएका छन् ।

नारायणपुर उद्याेग वाणिज्य संघले आयाेजाना गरेकाे स्वागत तथा शुभकामना कार्यक्रममा उपस्थित व्यवसायीहरूलाई सम्बाेधन गर्दै प्रजिअ सुवेदीले व्यवसायीलाई ढुक्क रहेर व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने बताएका हुन् ।

‘व्यावसायिक सुरक्षाका प्रदान गर्न लागि स्थानीय प्रशासन तयार रहेको छ’ प्रजिअ सुवेदीले भने । व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न समेत उनले आग्रह गरे ।

कार्यक्रममा नारायणपुर उद्याेग वाणिज्य संघका सल्लाहकार धनेश्वर आचार्य, नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजाैरे, लायन्स क्लब अफ नारायणपुरका अध्यक्ष अनिल बसनेत लगायतले धारणा राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

संघका वाणिज्य उपाध्यक्ष तिलक महराकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *