२०८१ माघ १० गते बिहिवार

युरो किड्सद्वारा बधाई तथा शुभकामना कार्यक्रम

दाङ,असोज १९। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित युरो किड्सको आयोजनामा दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयले आज बिहीबार एक कार्यक्रमको आयोजना गरी संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले संघ र विद्यालयको सम्बन्ध अझ मजबुत राख्न आवश्यक रहेको बताएका थिए । संघमा विद्यालयको सदस्यता बढाउने कुरामा पनि बोल्ने वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रममा संघका अध्यक्ष बसन्त जोशी, प्याब्सन दाङका सचिव आदिम केसी लगायतले मन्तव्य राखेका थिए ।

विद्यालयका अध्यक्ष कैलाश खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका प्रिन्सिपल सुधीर बत्स्यालको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम शिक्षिका पूर्णिमा योगीले गरेकी थिइन्

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *