२०८० मङ्सिर १७ गते आइतवार

सिक्किममा बाढीमा परी १० जनाले ज्यान गुमाए,८२ बेपत्ता

सिक्किम,असोज १८ । भारतको सिक्किम क्षेत्रमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मर्नेको सङ्ख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको त्यहाँका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्।

भारतीय सेनाका प्रवक्ता हिमांशु तिवारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जानकारी गराएअनुसार बाढीले सिक्किम प्रान्तका चार जिल्लामा मानिस, सडक र पुलहरू बगाएर विनाश गरेको छ।

बाढीले सडकहरू गम्भीररूपमा क्षतिग्रस्त भएका छन् भने १४ वटा पुल बगाएको छ। सिक्किम राज्यका अधिकारीहरुका अनुसार अहिलेसम्म १० वटा शव फेला परेको छ र सैनिक कर्मचारीसहित ८२ जना हराइरहेका छन्।

हराइरहेकामध्ये २२ जना सैनिक कर्मचारी रहेको भारतीय सेनाले जनाएको छ।

विश्वको तेस्रो सबैभन्दा अग्लो शिखर कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित ल्होनाक ताल फुट्दा पानीको बहाव बढेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *