काठमाडौं,असोज १८ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गुण्डानाइके रिगल (योगराज ढकाल) लाई दिएको आममाफीबिरूद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ।
गुण्डानाइके रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए।
आममाफीविरुद्ध रिगलले हत्या गरेका पीडित चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। रिगलले नेपालगञ्जमा दिनदहाडै लखेटीलखेटी खुँडाले हानेर चेतन मानन्धरको हत्या गरेका थिए।
यसअघि दुईपटक यो मुद्दा पेशीमा चढेपनि हेर्न नभ्याईनेमा परेको थियो।
ढकाललाई आममाफी दिएपछि भारतीले रिले अनसन थालेकी छिन्।
प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार