२०८१ असोज २४ गते बिहिवार

हत्यारालाई जेलमुक्त गरेको विरोधमा पीडित परिवारले थाल्यो माइतीघरमा अनशन

काठमाडौं ,असोज १७ । श्रीमान् चेतन मानन्धरका हत्यारा तथा जेल कारागार पुगेका रिगल भनिने योग ढकाललाई सरकारले आममाफी दिएपछि मानन्धरकी श्रीमती भारती मानन्धरले अनसन थालेकी छिन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संविधान दिवसको दिन ढकाललाई आममाफी दिएका थिए।

उक्त निर्णयविरुद्ध मानन्धरले अनशन थालेकी छन्। भारतीले न्याय नपाएसम्म घर नफर्किने बताइन्।

भारतीले हत्यामा संलग्नलाई फेरि पनि जेल चलान गर्नुपर्ने आफ्नो माग रहेको बताइन्। यता रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको छ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *