बझाङ ,असोज १७ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ।
जयपृथ्वी नगरपालिका-११ स्थित मयानास्थित ओखलकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
टिमुर टिप्न गएका बेला ढुंगा खसेर टाउकोमा चोट लाग्दा उनको मृत्यु भएको हो।
त्यस्तै भूकम्पबाट घाइते हुनेको संख्या १५ पुगेको छ।
७ वर्षीय सलिना जोशीको खुट्टा र ११ वर्षीया प्रमिला जोशीको हाथ भाँचिएकाले थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार