२०८१ असोज २४ गते बिहिवार

अभिनेता अनमाेल केसी जमानीमा रिहा

काठमाडौं ,असोज १५ । कलाकार अनमोल केसी जमानीमा रिहा भएका छन्। उनी हाजिर जमानीमा रिहा भएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएकाे छ।

प्रहरीका अनुसार अभिनेता केसीकाे जमानी उनका काका बसेका छन्। प्रहरीले खाेजेकाे बेला अनमाेललाई उपस्थित गराउने सर्तमा उनलाई रिहा गरिएकाे हाे।

अस्पतालले अनमाेललाई डिस्चार्ज नगरेकाले पनि रिहा गरिएकाे हाे।

जिल्ला अदालत, काठमाडौंले आइतबार अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। पक्राउ गरेको दिनबाट आइतवारसम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो।

अनमाेल आज पुनः अदालतमा उपस्थित हुँदैछन्।

‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेको भन्दै निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएको थियो।

साेही जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

प्रहरी हिरासतमै अस्वस्थ भएपछि अभिनेता अनमोल केसीलाई शुक्रबार राति नै चिरायु राष्ट्रिय अस्पतालमा भर्ना गरिएकाे थियाे।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *