२०८० मङ्सिर १७ गते आइतवार

अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते

तुलसीपुर,असोज १५। तुलसीपुरमा अटो र टयाक्टर ठोक्कीदा पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी अटोमा सवार दंगीशरण गाउँपालिका वडा नम्बर ६ राजपुरका ४० वर्षिय हेमन्त वली, सोही ठाँउका ७ वर्षको विशाल वली घाइते भएका छन ।

यस्तै दंगीशरण-६ राजपुरकै ३७ वर्षीया कृष्ण डाँगी, ६० वर्षीया डोटी वली र अटो चालक सोही ठाँउका ४० वर्षीय टोप बहादुर भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जनाकारी दिए ।

दुर्घटना तुलसीपुर ८ अश्वरा पेट्रोल पप्प नजिक आइतबार दिउँसो सवा २ बजे भएको हो ।

घाइते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *