डोल्पा, असोज १२ । डोल्पामा अरिँगालको टोकाइबाट एक जना युवकको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ गाउँका ३२ वर्षीय तिलक चलाउनेको मृत्यु भएको हो ।
भदौ पूर्णिमाको दिनमा मन्दिरमा रहेको धुपीको रुखमा लिङ्गोसहितको ध्वजा(निसान) राख्न जाने क्रममा अरिँगालले टोकेको थियो ।
अरिँगालको टोकाइबाट घाइते चलाउनेको उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल डोल्पाका डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए।
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार