२०८१ बैशाख ११ गते मङ्गलवार

अवैध काठ ओसारपसारका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

दाङ, असोज १२ । दाङमा अवैध काठ ओसारपसारका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् ।

बिना इजाजत अवैध काठ ओसारपसार मुद्धामा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ वर्षिय रामकुवेर यादवलाई पक्राउ गरेको हो ।

यादवलाई अवैध काठ ओसारपसार मुद्धामा सर्बोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कदै र ८२ हजार ७०४ जरिवाना फैसला गरेको थियो ।

फैसलापछि फरार रहेका यादवलाई बिहिबार भैसहवा गाउँबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

पक्राउ परेका यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको उनले बताए ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *