रोल्पा असोज ११ । पशुमा लाग्ने लम्पी स्किन रोगका कारण हालसम्म रोल्पामा गाई, गोरु, बाछाबाछी र केही भैँसी समेत गरी चार हजार पशु मरेका छन् भने ३१ हजार पशु चौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन् ।
यो रोगबाट जिल्लामा संक्रमित हुने पशुहरूको सङ्ख्या क्रमशः घट्दो क्रममा छ । सुरुवाती चरणमा एकै पटक जिल्लाभरि नै रोगको संक्रमण फैलिएकोले पर्याप्त खोप उपलब्ध नहुँदा ठूलो सङ्ख्यामा पशुहरू मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाकी पशु चिकित्सक डाक्टर प्रतिभा थापा मगरले बताइन् ।
पछिल्लो समय जिल्लाका दश वटै स्थानीय तहको सहकार्यमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पशु चिकित्सक, प्राविधिकहरू किसानको घर घरमा पुगेर पशुमा लम्पी स्किन भएरनभएको पहिचान गरी पशुलाई खोप दिएपश्चात् रोग नियन्त्रण हुँदै गएको हो थापा मगरले जानकारी दिइन् ।
प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार