२०८१ माघ २६ गते शनिवार

अढाई महिनापछि खुल्यो सुदुरपश्मि विश्वविद्यालयको ताला

कैलाली असोज ११ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुलेको छ ।

विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबिच भएको सहमति पछि विश्वविद्यालयको ताला खुलेको हो ।

विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने, विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रिय कार्यालयको ताला खुलेको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको थियो । यी दुई सङ्गठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी सङ्गठनको ताला खुल्न सकेको थिएन । समाजवादी निकट अनेरास्ववियूका माग पुरा गर्ने सहमति पछि बिहीबार विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *