२०८० मङ्सिर २१ गते बिहिवार

६० किलो सुन तस्करी प्रकरण ः १३ प्रतिवादीले दिए बयान

काठमाडौँ ,असोज ७ । । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका १३ प्रतिवादीको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा १३ जना प्रतिवादीको बयान सकिएको हो ।


चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङको बयान पुरा भएको छ । टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन् ।

तिब्बती मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङको पनि बयान पुरा भएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले बताए ।

यसैगरी हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टको समेत बयान सकिएको छ ।

जिल्ला अदालतमा चार ठाउँमा राखेर प्रतिवादीहरूको बयान गराइएको बताइएको छ । सुन प्रकरणमा पक्राउ गरिएका २६ जना र ३ जनालाई फरार प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *