२०८१ मङ्सिर १९ गते बुधवार

शुभ सन्देश सहकारीको १५ औ बार्षिक साधारण सभा सम्पन्न

तुलसीपुर,असोज ७ । शुभ सन्देश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुबोध कुमार डाँगीको अध्यक्षता तथा योजना आयोग लुम्बिनी प्रदेशका उपाध्यक्ष डा. नहकुल केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा शान्तिनगर–७ वडाध्यक्ष तारा बहादुर वलि ,५ का वडाध्यक्ष ओपेन्द्र रावत , पिम लाल वलि , मनि राम चौधरी , शिव प्रसाद भण्डारी लगायतले बोलेका थिए ।

साधारण सभामा संस्थाका व्यवस्थापक योगेन्द्र लामिछानेले बार्षिक आयव्याय विवरण प्रस्तुत गरेका थिए ।

उनले सस्थाले गत आर्थिक बर्षमा करिब दुई करोड पच्चिस लाख बराबरको बार्षिक कारोबार गरेकोमा करिब १९ लाख कुल मुनाफा गर्न सफल रहेको बताए ।

२०६५ सालमा स्थापना भएको उक्त सहकारी सस्ंथाले शान्तिनगर –७ खैरेनीमा कार्यालय स्थापना गरेर करिब २०० जना शेयर सदस्यहरुलाई आर्थिक सेवा प्रवाह गरिरहेको छ ।

लीला अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *