२०८० असोज १५ गते सोमवार

बहुविवाहको आरोपमा माओवादी नेता चौधरी पार्टीबाट निलम्बित

काठमाडौं,असोज २ । नेकपा माओवादी केन्द्रले पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई निलम्बन गरेको छ ।

चौधरीलाई ‘सांस्कृतिकजन्य कमजोरी’ गरेको आरोपमा माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो ।

गत २५ भदौमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले मातहतका कमिटीलाई जारी गरेको सर्कुलरमा चौधरीले आरोप स्वीकार गरेको भन्दै निलम्बन गर्ने निर्णयलाई अनुमोदन गरेको उल्लेख छ ।

सर्कुलरमा उल्लेख छ, ‘सा‌ंस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ ।’
नेताहरूका अनुसार उनलाई बहुविवाह गरेको आरोप लागेको छ । जसलाई चौधरीले पनि स्वीकार गरेका छन् ।

चौधरी कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत हुन् ।

प्रकाशित मिति : २०८० असोज २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *