२०८३ असार ३० गते मङ्गलवार

एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं,भदौ २५ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

इतिहासमा पहिलो पटक एन्फा अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो।

एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४५ सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो।

अविश्वासको प्रस्ताव दर्ता हुनासाथ अध्यक्ष स्वतस् निलम्बनमा परेको भन्दै अब ३० दिनभित्र विशेष साधारणसभा बोलाएर भोटिङ गर्नुपर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले बताए।

‘अविश्वासको प्रस्ताव दर्ता गर्नलाई ३४ जना सदस्य पर्याप्त हुन्छ। हामीले तत्काललाई ४९ जना पुर्‍याएका छौं’, उनले भने।असन्तुष्ट पक्षहरूले १९ वटा आरोपसहित अध्यक्षविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

यसअघि क्लबहरूले भर्चुअल साधारणसभा गर्नु विधानविपरीत हुने भन्दै भौतिक उपस्थितिको माग गरेका थिए। उनीहरूले भौतिक उपस्थिति नभए बहिष्कार गर्ने बताएका थिए। एन्फाले जबर्जस्ती रूपमा नै अनलाइन बैठक आह्वान गरेपछि उनीहरू थप आक्रामक बनेका हुन्।

क्लबहरूको चेतावनीलाई वेवास्ता गर्दै एन्फाले आइतबार स्थगित गरेको साधारणसभा एकतर्फी रूपमा सोमबार बोलाएपछि बाध्य भएर अविश्वासको प्रस्ताव अगाडि बढाउनु परेको शेर्पाले बताए।

आइतबार लागि बोलाएको एन्फा विशेष साधारणसभा कोरम नपुगेपछि पुनः स्थगित भएको थियो। सहिद स्मारक लिगका अधिकांश क्लबको विरोधका बावजुद हिजो तय गरिएको एन्फाको भर्चुअल साधारणसभामा कुल ८६ सदस्यमध्ये ३८ जनाको मात्र उपस्थिति भएपछि स्थगित गरिएको हो।

लगत्तै आकस्मिक बैठक बसेर सोमबारका लागि साधारण विशेष साधारणसभा बोलाइएको थियो। तर सोमबार आइतबारभन्दा कम संख्या भएपछि बैठक स्थगित गरिएको शेर्पाले बताए।

एन्फा प्रवक्ता सुरेश शाहले भने आधिकारीक रूपमा अविश्वासको प्रस्ताव दर्ता नभएको बताए।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *