२०८३ जेष्ठ १६ गते शनिवार

विमानस्थलमा भन्सार कर्मचारीको अवरोध– निकासी पैठारी बन्द

काठमाडौं,भदौ २५ । ६१ किलो सुन प्रकरणमा आफ्ना सातजना सहकर्मी पक्राउ गरेको विषयमा त्रिभुवन विमानस्थल भन्सार कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् ।

उनीहरुको आन्दोलनका कारण आज निकासी पैठारीका काम बन्द भएका छन् । दुईजना अधिकृतसहित सातजना कर्मचारी पक्राउ गरेको, अनावश्यक दुःख दिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।

“भन्सार ऐन, २०६४ को दफा ६६ बमोजिम कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन’ भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

देशको राजश्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको दैनिक कार्यसञ्चालन गर्न हामी कर्मचारीहरु असमर्थ रहेको व्यहोरो खुलाई सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसँग माग गरे पनि सुनुवाई नभएकाले विरोधका कार्यक्रम जारी राखिएको छ,” विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिकरुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

उनीहरुले कार्यालय राजश्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुन बमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायतका कार्य लबिलम्ब बन्द हुनुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिकरुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो ? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अबिलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा हुनुपर्ने, अनुसन्धानलाई नै विषयान्तर गरी दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनीयताको हक वर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अबिलम्ब बन्द गरिनुपर्ने, राष्ट्र सेवक कर्मचारीलाईमात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्नेलगायतका माग राखेका छन् ।

कर्मचारीहरुले हिजो पेन डाउन गरेर विरोध जनाएका थिए भने आज कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गरेका छन् ।

तर भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले कर्मचारीमाथि पनि अनुसन्धान गर्न राज्यको अर्को निकायले पाउने बताए ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *