गुल्मी,भदौ १९ । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् ।
मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले बताए ।
सोमबार दिउँसो पठनपाठन गरिरहेको समयमा चट्याङ परेको थियो ।
चट्याङ लागेर घाइतेमध्ये ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घाइते ४ जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि फर्केका छन् ।
प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार