२०८३ मङ्सिर १२ गते शुक्रवार

३० किलो चित्तलको मासुसहित एक जना पक्राउ

बाँके,भदौ १७ । बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनकट्टीबाट चेकजाँचमा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटो राखेर ल्याउँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए ।

अटोको डिक्कीमा लुकाईछिपाई नेपालगन्ज ल्याउन लागिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे राप्तीसोनारी–६ का अटो चालक हरि परियारलाई पक्राउ मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि शनिबार राती नै जिल्ला वन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए ।

यता जिल्ला वन कार्यालयका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई बनमा बुझाएको बताए ।

खड्काले केहीबेरमा कार्यालय खोलेपछि थप अनुसन्धान प्रक्रिया सुरु गर्ने र मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोक्न लागेको उनले बताए ।

सम्भवत परियारलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने खड्काले भने । पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अझै केही नखुलाएको निमित्त प्रमुख वन अधिकृत खड्काले जानकारी दिएका छन् ।

यता घटनामा राप्तीसोनारीका केही स्थानीय कांग्रेस नेताहरुले अटो चालकलाई छुटाउन कसरत गर्न लागेको र मुद्दा कमजोर बनाउन दवाद दिइरहेको विशेष श्रोतबाट जानकारी प्राप्त भएको छ ।

एकैपटक ३० किलो चित्तलको मासु खरिद बिक्री हुँदासम्म सम्बन्धित स्थानीय प्रहरीको पनि मिलेमतो भएको स्पष्ट बुझ्न सकिन्छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *