२०८० मङ्सिर १७ गते आइतवार

आज यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ,भदौ १७ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ।

साथै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत नेपालमा आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज देशका चार प्रदेश मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

भारी वर्षावाहेक आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा लगायत बाँकी भूभागका एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज भारी वर्षाका कारण बाढी, पहिरो, भू(क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *