२०८३ मङ्सिर १२ गते शुक्रवार

कैलालीमा बन्दुक, गोली र बारूदसहित चार जना पक्राउ

कैलाली,भदौ १४ । कैलालीमा बन्दुक, गोली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

गएराति लम्कीचुहा नगरपालिका-१ को भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले हतियारसहित चार जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार उनीहरूको साथबाट एउटा प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद भएको छ । पक्राउ परेका चारै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *