२०८२ कार्तिक २५ गते मङ्गलवार

अरिंगालले टोक्दा २८ वर्षीय युवकको मृत्यु

स्याङ्जा,भदौ १३ । स्याङ्जामा अरिंगालले टोक्दा एक युवकको मृत्यु भएको छ।

मंगलबार साँझ अरिंगालले टोक्दा गम्भीर बिरामी भएका विरुवा गाउँपालिका९ १ का २८ वर्षीय चेलिस श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो।

घर नजिकै बारीमा अरिंगाल पोल्ने क्रममा मंगलबार साँझ उनलाई अरिंगालले टोकेको थियो।

अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो।

उपचारकै क्रममा मंगलबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *