२०८३ असार ३० गते मङ्गलवार

आजदेखि एमसीसी कार्यान्वयनमा जाँदै

काठमाडौं ,भदौ १३ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान परियोजना बुधबारदेखि कार्यान्वयनमा जाँदै छ ।

करिब ७० अर्ब अमेरिकी र नेपाली रकमसहितको यो परियोजना आज कार्यान्वयनमा गएर अब ठीक पाँच वर्षपछि सकिने छ ।

परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सकिनुपर्ने बाध्यतात्मक व्यवस्था छ । त्यसैका लागि एमसीसी र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसद अनुमोदनसमेत गरिसकेको छ ।

यो परियोजना कार्यान्वयनको सुरुवात गर्न एमसीसीका उपाध्यक्ष क्यामरुन अल्फोर्ड मंगलबार काठमाडौं आइसकेका छन् ।

परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे, रातमाटे–हेटौंडा, रातमाटे–न्यूदमौली, न्यू दमौली–न्यू बुटवल न्यूबुटवल– भारतीय सीमासम्म ३१५ किलोमिटर ४०० केभीको प्रसारणलाइन निर्माण हुँदैछ ।

यस्तै नुवाकोटको रातमाटे, तनहुँ जिल्लाको दमौली र नवलपरासीको भुमहीमा ४०० केभी क्षमताका सबस्टेसन निर्माण हुँदैछ । यस्तै दाङको भालुवाङदेखि बाँकेको सीमा शिवखोलासम्म ७७ किलोमिटर सडकको मर्मत हुँदैछ ।

यो परियोजनासम्बन्धी नेपाल सरकारले सम्झौता गरेयता नेपालमा निकै विवाद पनि भएको छ । खास गरी कम्युनिस्ट पार्टीहरूले यसको विरोध गर्दै आएका थिएरछन् ।

तर व्याख्यात्मक घोषणासहित नेपालको संसदले अनुमोदन गर्दा यसको विरोधमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *