२०८३ जेष्ठ १६ गते शनिवार

सुन तस्करी अनुसन्धान गर्न सीआईबीका एसएसपी आचार्य हङकङ जाँदै

काठमाडौँ ,भदौ १२ । साउन ३ गते बरामद भएको तस्करीको साढे ६० केजी सुनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारी हङकङ जाने भएका छन्।

नेपाल प्रहरीले सीआईबीका एसएसपी दिनेश आचार्यलाई मंगलबार हङकङ पठाउन लागेको हो।

आचार्यले हङकङमा इन्टरपोलको समन्वय र स्थानीय प्रहरीको सहयोगमा सुन तस्करीको स्थानीय कनेक्सन खोज्ने भएका छन्। आचार्यले हङकङको प्रहरीको पनि सहयोग लिएर सुन तस्करीको अनुसन्धानलाई अघि बढाउने भएका छन्।

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट राजस्व अनुसन्धान विभागले उक्त सुन बरामद गरेको थियोे। सुरूमा विभागले गरेको अनुसन्धान सरकारको निर्णयमा अहिले सीआईबीले अघि बढाइरहेको छ।

यो प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुग्दै गर्दा सीआईबीका अधिकारीलाई हङकङ पठाउन लागिएको हो।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *