काठमाडौं,साउन ३२ । देशभर अहिलेसम्म डेंगीबाट १४ हजार २ सय जना संक्रमित भएका छन् । कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै ९ हजार संक्रमित रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए ।
डा।मरासिनीले डेंगी संक्रमण वर्षा यामसँगै सुरु भएर दशैँ तिहारसम्म रहन सक्ने भएकाले सतर्क रहन अनुरोध गरे ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले विभिन्न रोगबाट पीडित १० जनाको डेंगी सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिए ।
डेंगीबाट सबैभन्दा बढी संक्रमित सुनसरी, धादिङ र मोरङ जिल्ला रहेका छन् भने अहिलेसम्म डोल्पा र मुगु जिल्लामा संक्रमण शुन्य रहेको छ ।
प्रकाशित मिति : २०८० साउन ३२ गते बिहिवार