२०८२ माघ ३ गते शनिवार

पहिरो खस्दा बुटवल पाल्पा सडक अवरुद्ध

पाल्पा,साउन १४ । गए रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबानजिकै हेडबक्समा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पहिरो गए राति करिब १० बजे खसेको हो । अहिले पनि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । दुईवटा जेसिबिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो ठूलो खसेको हुँदा कतिबेला सुचारु हुन्छ भन्ने यकिन नभएको थापाले बताए । माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको छ ।

राजमार्ग अवरुद्ध भएपछि गए रातिदेखि सयौँको सङ्ख्यामा सवारीसाधन बाटोमै रोकिएका छन् । कैयौँ यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *