२०८१ बैशाख २१ गते शुक्रवार

सुन तोलामा १ लाख १३ हजार नाघ्यो


काठमाडौं,साउन ११ । साताको पाँचौँ दिन सुनको मूल्य एक लाख १३ हजार नाघेको छ ।

बुधवार मात्रै प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १२ सयले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो साता (साउन ४ गते) मात्रै हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । यस दिन सुन तोलामा १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसै गरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । यस दिन बजारमा चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *